भित्री वस्त्रमा लुकाएकी थिइन् कल्पनाले पहेँलो धातु – Nepal Press

भित्री वस्त्रमा लुकाएकी थिइन् कल्पनाले पहेँलो धातु

पोखरा । काठमाडौंबाट पोखरा आएको यात्रुवाहक बस पृथ्वीचोकमा चेकजाँचको क्रममा सुनजस्तो देखिने पहेँलो धातुसहित पक्राउ परेकी महिलाले भित्री वस्त्रमा लुकाएको पाइएको छ । कास्की प्रहरीले कल्पना गुरुङलाई २८० ग्राम २९ मिलीग्राम पहेँलो धातुसहित पक्राउ गरेको थियो ।

शरीर तलास गर्ने क्रममा कल्पनाले सेतो टेपले बेरि भित्री वस्त्रमा लुकाइ छिपाइ राखेको अवस्थामा त्यो धातु भेटिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए ।

गुरुङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए । सुनजस्तै देखिने धातु सुन भए नभए यकिन नभएको डीएसपी विकले सुनाए ।

‘उहाँलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं । धातु सुन हो कि होइन भन्ने यकिन भएको छैन । परीक्षणका लागि तयारी गरिरहेछौं,’ उनले भने, ‘परीक्षणका लागि काठमाडौं लग्ने भन्ने कुरा छ, हेरौं अब के हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *