बुनपाका वडाध्यक्षमाथि महानगर प्रहरीको दुर्व्यवहार, जसरी पनि डोजर लाउने राजु पाण्डेको चेतावनी (भिडिओ) – Nepal Press

बुनपाका वडाध्यक्षमाथि महानगर प्रहरीको दुर्व्यवहार, जसरी पनि डोजर लाउने राजु पाण्डेको चेतावनी (भिडिओ)

काठमाडौं । काठमाडौं महानगर प्रहरीले बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि हातपात र दुर्व्यवहार गरेको विषयले दुईपक्षीय वार्ता प्रभावित भएको छ ।

कपन प्रहरी चौकीमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीसहितको टोली र काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विमल होडासहितको टोलीबीच सात तलेको विवाद समाधान गर्न वार्ता भइरहेको छ ।

बूढानीलकण्ठ र महानगरका बासिन्दाबीच दोहोरो झडपको अवस्था आएपछि प्रहरीले महानगरको डोजरको चाबी खोसेर वार्ताको पहल गरेको थियो । डोजरमा अवरोध गर्दा महानगर प्रहरीले बूढानीलकण्ठ नगरपालिका- १० का वडाध्यक्ष नवराज भट्टराई र वडा सदस्य रिता दाहालमाथि दुर्व्यवहार गरेका थिए ।

यहि विषयले वार्तामा समेत तनाव उत्पन्न भएको छ । महानगरले क्षेत्राधिकार बाहिर बूढानीलकण्ठमा प्रवेश गरेर जनप्रतिनिधिमाथि दुव्यर्वहार र स्थानीयलाई आतंकित बनाएको उपमेयर अनिता लामाले बताइन् ।

यसैबीच महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले भने बूढानीलकण्ठका जनप्रतिनिधिको मागको बारेमा आफूहरूलाई सरोकार नभएको बताए । उनले खोला मासेर बनाएका संरचना हट्छन् भनेर उनीहरूले अवरोध गरेको आरोप लगाए ।

पाण्डेले आजै साततलेको खोला डोजर लगाएर जसरी पनि खोल्ने भन्दै दुई पक्षले वार्ताको लागि समय मागेकाले केहीबेर छाडिएको बताए । उनले नापचाज गर्नुपरे समय दिने भन्दै तर आजै डोजर चलाउने बताए ।


प्रतिक्रिया

One thought on “बुनपाका वडाध्यक्षमाथि महानगर प्रहरीको दुर्व्यवहार, जसरी पनि डोजर लाउने राजु पाण्डेको चेतावनी (भिडिओ)

  1. बालेनको समर्थक कर्मचारी राजु पाण्डे तिमीहरूको कार्यक्षेङ काठमाडौं महानगर मात्र हो घेरै फुइ नगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *