इक्वेडरमा एक राष्ट्रपति उम्मेदवारको गोली हानी हत्या – Nepal Press

इक्वेडरमा एक राष्ट्रपति उम्मेदवारको गोली हानी हत्या

क्वविटो । इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ ।

केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको बुधवार साँझ गोली हानी हत्या गरिएको हो ।

समाचार अनुसार उनले क्विटो शहरमा एक चुनावी र्‍यालीको आयोजना गरेका थिए, सोही र्‍यालीमा एक सन्दिग्ध व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।

स्थानीय सञ्चारमाध्यमले आन्तरिक मन्त्री जुआन जापाटालाई उद्धृत गर्दै यो खबरको पुष्टि गरेका छन् । ५९ वर्षीय पत्रकार भिल्लाभिसेन्सियो २० अगस्टमा हुने राष्ट्रपतीय निर्वाचनमा आठ उम्मेदवारमध्ये एक थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर