नेपालमा काम गर्ने भारतीय गाडी निषेध गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन (तस्बिरहरू/भिडिओ) – Nepal Press

नेपालमा काम गर्ने भारतीय गाडी निषेध गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन (तस्बिरहरू/भिडिओ)

काठमाडौं । यातायात व्यवसायी तथा चालकहरू स्वतन्त्र संघर्ष समिति गठन गरी आन्दोलित भएका छन् ।

आन्दोलित ट्याक्सी चालकहरूले नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि ५० भन्दा बढी ट्याक्सी तेर्साएर विरोध जनाएका हुन् ।

भाडाको काम गर्ने नीजि प्रयोग गर्ने गाडी बन्द गर्नुपर्ने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने लगायत माग राख्दै व्यवसायी तथा चालकहरू आन्दोलित भएका हुन् ।

उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संवत् जिपियस नम्बर कायम गर्नुपर्ने उनीहरूको माग छ ।

यस्तै, दुर्घटनामा परी मृत्यु भएमा २५ लाख राहत दिनुपर्ने, ट्याक्सी मिटर सिल चुँडिदा गाडी साहु र चालक जेल जानु पर्ने कानून खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

नपाल भरीको ट्याक्सी भाडा दर एउटै हुनुपर्ने, सम्पूर्ण गाडीको भन्सार २६० प्रतिशत छुट हुनुपर्ने र सेतो, पहेँलो, हरियो, निलो, रातो र कालो प्लेटको गाडी तथा चालकलाई समान व्यवहार गर गर्नुपर्ने उनीहरूको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *