आज दुई संसदीय समितिको बैठक बस्दै – Nepal Press

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजे र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय सुरक्षाको अवधारणा, सिद्धान्त, अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको तुलनात्मक अध्ययन, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय, परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था, प्रमुख सवाल, समस्या तथा सुधारको उपाय सम्बन्धमा छलफल हुनेछ ।

यस्तै दिगो विकास तथा सुशासन समितिमा समितिको आ.व. २०८०/०८१ को कार्य योजनाको सम्बन्धमा, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदन सम्बन्धमा र सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट पेस भएको कार्यान्वयन कार्य योजनाको सम्बन्धमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर