बेवारिसे अवस्थामा भेटिएका ६ वटा बन्दुक बरामद – Nepal Press

बेवारिसे अवस्थामा भेटिएका ६ वटा बन्दुक बरामद

बागलुङ । बागलुङमा बेवारिसे अवस्थामा रहेका ६ नाल अवैध भरुवा बन्दुक फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेका हुन ।

जिल्ला प्रहरी कार्यालय प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका-१ स्थित जनएकता सामुदायिक वनबाट एक थान र सोही नगरपालिका-३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा रहेका पाँच नाल भरुवा बन्दुक फेला पारी प्रहरी कार्यालयमा ल्याइएको छ ।

बेवारिसे अवस्थामा बन्दुकलाई जङ्गल र ओडारमा कसले र किन प्रयोजनका लागि राखेको थियो ? भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार शिकार खेल्ने शिकारीले उक्त बन्दुक प्रयोग गर्ने गरेको तथा प्रहरी देखे पछि बन्दुक छाडेर भागेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *