पर्साका मालपोत अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर – Nepal Press

पर्साका मालपोत अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय वीरगंज पर्साका मालपोत अधिकृत हरिनारायण मिश्र, सनदकुमार द्वीवेदी र चन्द्रबहादुर भण्डारीसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

मालपोत अधिकृत मिश्र, द्वीवेदी र भण्डारी तथा कम्प्युटर अधिकृत कमोद तिवारी, नायव शुब्बा रामेश्वरप्रसाद साह र लेखनाथ भट्टराईले फाँट ‘क’ बाट १७ वटा र फाँट ‘ग’ बाट २ वटा लिखतपारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा आफूले पूरा गर्नुपर्ने तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनियतपूर्वक गरेको कार्यबाट चार करोड, २५ लाख, पाँच सय ३१ रुपैयाँ राजस्व चुहावट गरेको अख्तियारको ठहर छ ।

मालपोत कार्यालय वीरगंजको रजिस्ट्रेसन फाँट (क) र (ग) बाट २०७३ साउन दुई गते रजिस्ट्रेसन पास गर्दा लिखतमा घरबाटो सिफारिस बिना न्यूनतम मूल्याङ्कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना हुने गरी व्यक्तिगत लाभ लिई लिखत पारित गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *