सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये ३ जना कारागार चलान – Nepal Press

सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये ३ जना कारागार चलान

दार्चुला । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठमध्ये तीन जना कारागार चलान भएका छन् ।

मङ्गलबार जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी गणेश विष्टले जानकारी दिए ।

करागार चलान हुनेमा महाकाली नगरपालिका- ३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर र मालिकार्जुन गाउँपालिका- ३ का ५१ वर्षीय श्यामसिंह धामी रहेका छन् ।

अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । धरौटीमा रिहा हुनेमध्ये महाकाली- ३ का २१ वर्षीय ईश्वरसिंह महरबाट एक लाख रुपैयाँ माग गरिएको छ ।

यस्तै ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र कैलालीको गोदावरी नगरपालिका- ३ कालीका टोलका ३४ वर्षीय शंकरकुमार भुलबाट जनही ५० हजार रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *