सप्तरी जिल्ला प्रशासनमा पत्रकारलाई पनि फोटो र भिडिओ खिच्न रोक – Nepal Press

सप्तरी जिल्ला प्रशासनमा पत्रकारलाई पनि फोटो र भिडिओ खिच्न रोक

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सप्तरी परिसरको फोटो र भिडियो खिच्न पत्रकारलाई समेत रोक लगाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले अनुमति बिना कार्यालय परिसर भित्रको फोटो र भिडिओ लिन रोक लगाएको सूचना जारी गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसधारणले बिना अनुमति कार्यालय परिसर भित्रको फोटो, भिडियो खिचि सामाजिक सञ्जाल, अनलाइन, पत्रपत्रिकामा राखेको पाइएकोले कर्मचारीको व्यक्तिगत गोप्यनियताको हक र कार्यालयको सुरक्षा संवेदनशिलताका कारण आदेशानाुसार यो सूचना जारी गरिएको छ ।’

सूचना विपरित गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

फोटो भिडियो खिच्न रोक लगाएको विषयमा सप्तरीका पत्रकारहरु आपत्ति जनाएका छन् । त्यहाँका पत्रकार शौरभ यादवले पत्रकारमाथि सिडिओले ठाडो हस्तक्षेप गरेको टिप्पणी गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर