भगवती पाण्डे दोषी देखिए कारबाही हुन्छ, आन्दोलनकारीमाथि प्रहरीले दमन गरेकै हो : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

भगवती पाण्डे दोषी देखिए कारबाही हुन्छ, आन्दोलनकारीमाथि प्रहरीले दमन गरेकै हो : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवक्ता भगवती पाण्डेलेमाथि दोषी देखिए कारबाही गर्ने बताएका छन् । तामाङ संस्कारमाथि पाण्डेले दिएको अभिव्यक्तिबारे आफूहरुले समीक्षा गरिरहेको बताए ।

विश्व आदिवासी दिवस समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘भगवती पाण्डेको अभिव्यक्तिमा संवेदनशिलता पैदा भएको छ । त्यसमा सरकार गम्भीर छ । हिजोमात्रै पनि गृहमन्त्रालय लगायत सम्बन्धित प्रहरी अधिकृतलाई राखेर घटनाको समिक्षा गरिएको छ । दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको जानकारी गराउँछु । नेपाल बहुभाषिक, बहुजातीय देश भएको त्यहाँ एउटा सामाजिक सद्भाव र एक्यबद्धता रहेको सन्दर्भमा कुनै पनि जाति, भाषा र संस्कृतिमाथि अपमानित गर्ने कुनै पनि भाषा प्रयोग गर्नु विल्कुल सहन सकिने कुरा होइन ।’

त्यो घटनासँग जोडिएर आवाज उठाउने आन्दोलनकारीहरुमाथि प्रहरीले ज्यादति गरेको आफूहरुको ठहर रहेको बताए ।

उनले भने, ‘महिलाहरुलाई कोठाभित्र लगेर जुन किसिमको यातना दिइएको छ त्यसमा पनि दोषीमाथि कारबाही गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी गराउँछु ।’

 


प्रतिक्रिया

One thought on “भगवती पाण्डे दोषी देखिए कारबाही हुन्छ, आन्दोलनकारीमाथि प्रहरीले दमन गरेकै हो : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

  1. पहिचानका नाममा पश्चिमाका एजेण्टहरूले बबण्डर गर्दा प्रहरीले कारवाही गर्नुपर्दैन ? यस्तै हो भने यिनलाई प्रधानमन्त्री नमान्ने दिन आउँछ । बुझ्नु न सुझ्नुसँग दमन भएको भन्ने ? प्रहरीले विरोध गर्दैन भनेर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर