कांग्रेस मुख्यालयको प्रवेशद्वारमा प्रहरीको पहरा, चार वर्गका नेतालाई मात्र इन्ट्री – Nepal Press

कांग्रेस मुख्यालयको प्रवेशद्वारमा प्रहरीको पहरा, चार वर्गका नेतालाई मात्र इन्ट्री

काठमाडौं । समानान्तर कमिटी घोषणाको तयारीसहित नेविसंघका नेता कार्यकर्ता पुगेपछि कांग्रेस मुख्यालयमा प्रहरी तैनाथ गरिएको छ । संस्थापनसँग असन्तुष्ट विद्यार्थीले समानान्तर कमिटी बनाउने गरी कार्यक्रम तय गरेपछि सानेपाको प्रवेशद्वारमा प्रहरी परिचालन गरिएको हो ।

पार्टी कार्यालय छिर्ने ठाउँमा केन्द्रीय कार्यालयको तर्फबाट टाँस गरिएको सूचनामा पार्टी केन्द्रीय पदाधिकारी, सदस्यहरू, जिल्ला कार्य समितिका सभापति र सांसदबाहेकलाई प्रवेश निषेध गरिएको छ ।

यसैबीच सानेपा परिसरमा नेविसंघका दुई पक्ष आमनेसामने भएका छन् । ‘दुजाङ दाइ जिन्दावाद’ भन्दै संस्थापन टोली पुगेपछि अवस्था अझ तनावग्रस्त बनेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले विधानविपरीत केन्द्रीय सदस्य थपेको भन्दै असन्तुष्ट विद्यार्थीले समानान्तर कार्यसमिति घोषणाको तयारी गरेका हुन् ।

नेविसंघको विधानले १५१ सदस्यमात्रै वैधानिक हुने भने पनि सभापतिले ७१० जनालाई अवैधानिकरूपमा मनोनयन गरेपछि आन्दोलित हुनुपरेको कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेविसंघ त्रिविका नेता योगेन्द्र रावलले बताए ।

पार्टीले दुजाङ शेर्पालाई ६ महिनाभित्र केन्द्रीय अधिवेशन सक्ने गरी जिम्मेवारी दिए पनि उनले डेढ वर्षसम्म कुनै इकाईको अधिवेशनसमेत गर्न नसकेको बताए ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर