महाकालीमा बाढीले सतर्कता तह पार गर्‍यो, वनबासा पुलबाट आवागमन बन्द – Nepal Press

महाकालीमा बाढीले सतर्कता तह पार गर्‍यो, वनबासा पुलबाट आवागमन बन्द

कैलाली । महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ ।

बाढीले सतर्कता तह पार गरेपछि अहिले शारदा ब्यारेज (वनबासा) पुलमा चार पाङ्ग्रे सवारी साधनलाई रोक लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए ।

अहिले बाढीको बहाव १ लाख ५० हजार क्युसेक मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि सूचना जारी गर्दै डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाहरूलाई दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

डडेलधुरा स्थित पारि–गाउँ बाढी मापन केन्द्रमा जल सतह सतर्कता तह (५.८० म) पार गरेको भन्दै सचेत रहन अपिल गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर