संसद्को अवरोध खुलाउन प्रमुख तीन दलको बैठक फेरि बस्दै – Nepal Press

संसद्को अवरोध खुलाउन प्रमुख तीन दलको बैठक फेरि बस्दै

काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरू बैठकमा उपस्थित हुनेछन् ।

प्रतिनिधिसभाको बैठक १ बजे बस्नु अगावै हाल अवरुद्ध भइरहेको प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सहमति खोज्न उक्त बैठक बस्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर