पूर्वी अमेरिकामा आएको आँधीले १० लाख भन्दा बढी प्रभावित – Nepal Press

पूर्वी अमेरिकामा आएको आँधीले १० लाख भन्दा बढी प्रभावित

न्यूयोर्क । पूर्वी अमेरिका अहिले गम्भीर आँधी र आँधीको चपेटामा छ ।

न्यूयोर्कदेखि अलाबामासम्म करिब १० लाख घर र व्यवसायले विद्युत गुमाएका छन् । भारी आँधीका कारण हजारौँ उडान पनि रद्द भएका छन् । आँधीका कारण करिब पाँच करोड मानिस समस्यामा परेका छन् ।

मङ्गलवार बिहानसम्म उत्तरी क्यारोलिनामा १ लाख पेन्सिल्भेनियामा ९५ हजार र मेरिल्यान्डमा ६४ हजार मानिसहरू अझै पनि बिजुली विहीन अवस्थामा छन् हिजो एक हजारभन्दा बढी उडान स्थगित गरिएको थियो ।

संघीय उड्डयन प्रशासनले न्यूयोर्क, फिलाडेल्फिया, एटलान्टा र वासिङ्टन डीसीका एयरपोर्टहरूको उडान स्थगित गरेको थियो ।

मौसम विभागले आँधीलाई सबैभन्दा प्रभावकारी गम्भीर मौसमी घटनाहरू मध्ये एक हुन चेतावनी दिएको थियो ।

यो दशकमा पहिलो पटक मौसम विभागले डिसी सहरमा चार–पाँच तहको जोखिम जारी गरेको हो ।

मौसम विभागको चेतावनी अनुसार सरकारी कर्मचारीलाई चाँडै घर फर्काइयो ।

मौसमविद् इलिन व्हेलनले भने जति क्षति आशंका गरिएको थियो त्यति ठूलो नभएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर