नारायणी नदीले नाघ्यो सतर्कता तह, स्थानीयलाई सजग रहन आग्रह – Nepal Press

नारायणी नदीले नाघ्यो सतर्कता तह, स्थानीयलाई सजग रहन आग्रह

चितवन । नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस क्षेत्रका बासिन्दालाई सार्वजनिक सूचना जारी गर्दै सतर्कता तह पार गरेकोले सचेत रहन आग्रह गरेको छ ।

बेलुका ८ बजे नारायणी नदी देवघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मी.) पार गरेको र नदीको बहाब बढ्दो क्रममा रहेको पनि विभागले जनाएको छ ।

नारायणीले सतर्कता तह पार गर्दा चितवन र नवलपरासीको नारायणी नदी तटिय क्षेत्रका बासिन्दा बाढीको जोखिममा पर्ने भएकोले भोलि बिहानसम्म सतर्कता अपनाउन विभागको अनुरोध छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *