सरकारलाई राजेन्द्र लिङदेनको प्रश्न- खोलिएका फाइलको अनुसन्धान किन अपूरो ? (भिडिओ) – Nepal Press

सरकारलाई राजेन्द्र लिङदेनको प्रश्न- खोलिएका फाइलको अनुसन्धान किन अपूरो ? (भिडिओ)

ललिता निवास प्रकरणमा कसलाई जोगाउन खोजेको अदालतले भन्दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले नै सदन खोल्न नचाहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अहिले सरकारले फाइल खोलिएको मुद्दाहरूमा अहिलेसम्म पूर्ण अनुसन्धान नभएको टिप्पणी गरे ।

उनले भने, ‘अहिले फाइल खोलिएकोहरूमा अनुसन्धान भएका सबै विषयमा छानबिन भएका छन् ? के नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईँहरूले गर्नुभएको अनुसन्धान पूर्ण छ ? ललिता निवास जग्गा प्रकरणमा तपाईँको अनुसन्धान अपूर्ण छ भन्ने त अदालतले भन्दियो- तपाईँहरूले को मान्छे जोगाउनुभएको छ भन्ने कुरा ।’

उनले अहिले सुन प्रकरणमा निष्पक्ष छानबिनको लागि उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरे । समिति बन्दैमा सरकार ढल्ने, सबै मन्त्री परिहाल्ने भन्ने नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर