अग्नि सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ ब्यूँताउने – Nepal Press

अग्नि सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ ब्यूँताउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ कार्यक्रम पुनः सुरू गर्ने भएका छन् ।

हालै बसेको केन्द्रीय समितिको बैठकबाट दोस्रो पटक पार्टी प्रवक्ताको जिम्मेवारी पाएपछि पुनः प्रवक्ता र पत्रकारहरूबीचको भेटघाट कार्यक्रमलाई ब्यूँताउन लागेका हुन् ।

माओवादीको नयाँ जिम्मेवारी पाएका सापकोटाले आज काठमाडौंमा उपलब्ध प्रेस सेण्टरका केन्द्रीय सदस्यहरूसँगको भेटघाट कार्यक्रममा साउन २४ बाट कार्यक्रम सुरु गर्न लागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर