राष्ट्रपति पौडेलसँग युरोपियन युनियनकी राजदूतको बिदाई भेट – Nepal Press

राष्ट्रपति पौडेलसँग युरोपियन युनियनकी राजदूतको बिदाई भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग युरोपियनका राजदूत नोना डेप्रेजले बिदाई भेट गरेकी छन् ।

भेटका अवसरमा युरोपियन युनियन र नेपालबी रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

भेटमा राष्ट्रपति पौडेलले युनियनले नेपालको विकास साझेदारको रुपमा पुर्याएको योगदान र वातावरणमैत्री, समावेशी र समतामूलक विकासका लागि गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर