विभूषण लिलामीमा राखेकोमा महावीरलाई गृहले गरायो सचेत, गरायो रद्द हुनसक्ने चेतावनी – Nepal Press

विभूषण लिलामीमा राखेकोमा महावीरलाई गृहले गरायो सचेत, गरायो रद्द हुनसक्ने चेतावनी

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभूषण लिलामीमा राखेपछि सरकारले सचेत गराएको छ । पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा राखेपछि गृहमन्त्रालयले पत्राचार गर्दै लिलामीमा नराख्न भनेको हो ।

विभूषण लिलामीमा राख्नु गैरकानूनी हुने र राखेमा रद्द हुने जानकारीसहितको पत्र गृहले पुनलाई पठाएको हो ।

पुनले कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए । कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिबद्धताअनुसार सहयोग नगरेको भन्दै उनले विभूषण लिलामीमा राखेका हुन् ।

महावीरले केही समयअघि सरकारले आविष्कारका लागि बजेट नदिएको लगायतका विषय राखेर आन्दोलन नै गरेका थिए । सरकारले उनको माग सम्बोधन गर्ने आश्वासनसमेत दिएको थियो ।

तर, गृह मन्त्रालयले मानपदवी, अलङ्कार, तथा पदकजस्ता विभूषण कसैलाई विक्री गरेमा, बन्धकी राखेमा कानुनविपरीत हुने र कसैले यस्ता कार्य गरेमा विभूषण रद्द हुने भन्दै गृहमन्त्रालयले सोमबार सूचना जारी गरेको थियो । साथै मंगलबार पुनलाई पत्राचार गरेर सचेत गराइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर