राष्ट्र बैंकको पेन्सन तथा उपदान कोषको १ अर्ब १५ करोड राख्न बैंकको खोजी – Nepal Press

राष्ट्र बैंकको पेन्सन तथा उपदान कोषको १ अर्ब १५ करोड राख्न बैंकको खोजी

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्नको लागि सूचना जारी गरेको छ ।

सो कोषको रकम राख्न चाहने बैंकहरुले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गरेर केन्द्रीय बैंकमा आवेदन दिनुपर्नेछ । ३६६ दिने मुद्दती निक्षेप २०८१ भदौ ३ गते परिपक्क हुनेछ ।

वाणिज्य बैंकमा ९२ करोड, विकास बैंकहरुमा १७ करोड २५ लाख र फाइनान्स कम्पनीहरुम ५ करोड ७५ लाख रुपैयाँ केन्द्रीय बैंकले मुद्दती निक्षेपमा राख्नेछ ।

मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तिय संस्थाले १७ वटा शर्त भने पालना गर्नुपर्नेछ । बैंक तथा वित्तिय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुगेको, न्युनतम पूँजीकोष अनुपात कायम भएको, निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पत् स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, सीडी रेसियो कायम गरेको, अघिल्लो आर्थिक् वर्षमा मुनाफा गरेको हुनुपर्ने लगायत १७ शर्तहरु राखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर