कांग्रेस सभापति देउवाको जनकपुरधामकाे कार्यक्रम रद्द – Nepal Press

कांग्रेस सभापति देउवाको जनकपुरधामकाे कार्यक्रम रद्द

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जनकपुरधाम आउने कार्यक्रम रद्द भएको छ ।

दुई दिनदेखि जनकपुरधामसहितका क्षेत्रमा वर्षा जारी छ । मौसम प्रतिकुल रहेकाले काँग्रेस सभापति देउवाको जनकपुरधाम आउने कार्यक्रम गरिएको बताइएको छ ।

जनकपुरधामका कांग्रेस नेता राकेश विक्रमले प्रतिकूल मौसमका कारण भोली जनकपुरधाम आउने सभापति देउवाको कार्यक्रम रद्द गरिएको बताए ।

उनका अनुसार जनकपुरधाममा कार्यकर्ता भेटघाट र बर्दिबासमा महिला संघको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सभापति देउवा आउने कार्यक्रम तय भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर