१३ दिनपछि खुल्यो सदन- क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्रीले स्पष्टीकरण दिँदै (लाइभ) – Nepal Press

१३ दिनपछि खुल्यो सदन- क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्रीले स्पष्टीकरण दिँदै (लाइभ)

काठमाडौं । लगातार अवरुद्ध प्रतिनिधिसभा बैठक आजदेखि खुलेको छ । एक क्वीन्टल सुन तस्करी प्रकरणमा सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्रीले जवाफ दिने प्रतिबद्धतापछि एमाले तत्कालका लागि सदन खुलाउन तयार भएको हो । बालुवाटारमा आज बिहान सभामुखसहित बसेको शीर्ष नेताको बैठकमा एमाले शर्तसहित सदन खुलाउन तयार भएको थियो ।

सचेतक महेश बर्तौलाले चित्तबुझ्दो जवाफ नआए पुन: अवरोध गर्ने बताए ।

यसैबीच सभामुख र दलका प्रमुख सचेतक, सचेतकको संयुक्त बैठकमा सबै दलका नेताहरूले आफ्नो धारणा राखेपछि गृहमन्त्री श्रेष्ठले जवाफ दिने सहमति भएको छ ।

एक क्वीन्टल सुन निर्वाधरूपमा विमानस्थल भन्सारबाट जाँचपासपछि बरामद भएको विषयमा सरकारकै संलग्नता रहेको भन्दै एमालेले उच्चरीस्तरीय छानबिन समितिको माग राखेर सदन अवरुद्ध गरेको थियो । पछिल्लो पटक साउन १० मा सदन बसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर