सभामुख-प्रमुख सचेतक बैठक : सदन खुलाउन यस्तो भयो सहमति – Nepal Press

सभामुख-प्रमुख सचेतक बैठक : सदन खुलाउन यस्तो भयो सहमति

काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरे सबै दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा सदन खुलाउने सहमति भएको छ ।

सभामुख सचिवालयले दिएको जानकारी अनुसार सदन नियमित अगाडि बढाउने र दलीय आधारमा एक एक जनाले आकस्मिक समय प्रयोग गर्ने सहमति भएको छ ।

सबै दलका नेताहरुले आफ्नो धारणा राखेपछि उपप्रधान तथा गृहमन्त्री नारायाण्काजी श्रेष्ठले जवाफ दिने सहमति भएको छ। बालुवाटारमा भएको सभामुखसहित तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने सहमति भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर