संसद बैठकअघि सचेतकहरूसँग सभामुखको छलफल – Nepal Press

संसद बैठकअघि सचेतकहरूसँग सभामुखको छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

अहिले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सबै दलका सचेतकहरूसँग बैठकलाई प्रभावकारी सञ्चालनका लागि विभिन्न विषयमा छलफल जारी राखेका छन् ।

बालुवाटारमा भएको सभामुखसहित तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने सहमति भइसकेको छ । प्रतिनिधिसभाको बैठक ३ बजे बोलाइएको छ । आजको बैठकमा सबैले आफ्नो धारणा राखेपछि गृहमन्त्रीले सुन तस्करी प्रकरणमा स्पष्टीकरण दिने तयारी छ ।

सुन प्रकरणमा उस्चस्तरीय छानबिन समिति गठनको माग राख्दै एमालेले सदन अवरुद्ध पार्दै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर