अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा – Nepal Press

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

इच्छाकामना ६ कालिखोलामा लेदो खसेर अवरुद्ध भएको सडक २ बजेर २० मिनेट जाँदा दुवैतर्फ सञ्चालनमा आएको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

गएरातिदेखि लगातार पानी परेको कारण माथिबाट लेदो खसेर बिहानैदेखि सडक अवरुद्घ थियो । बीचमा केहीबेर पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएपनि पू्र्ण सञ्चालन भने केहीबेर अघि मात्रै भएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *