सुर्खेत बहुमुखी क्याम्पसमा विद्यार्थी र आंशिक शिक्षकले लगाए ताला, अख्तियारमा उजुरी – Nepal Press

सुर्खेत बहुमुखी क्याम्पसमा विद्यार्थी र आंशिक शिक्षकले लगाए ताला, अख्तियारमा उजुरी

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा विद्यार्थी र आंशिक शिक्षकहरूले ताला लगाएका छन् । क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेर उनीहरूले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने आन्दोलतरत् पक्षको भनाइ छ ।

आंशिक प्राध्यापक संघले एक ज्ञापनपत्र बुझाउँदै देशका अन्य क्याम्पसहरूले आंशिक प्राध्यापकहरुलाई करार सेवामा व्यवस्थापन गरिसकेको भएपनि सुर्खेत क्याम्पसले त्यसतर्फ कुनै चासो नदिएको गुनासो गरेका छन् । आंशिक शिक्षकले आफूहरूलाई करार सेवामा व्यवस्थापन गर्नुपर्ने र खुला विज्ञापन रोक्नुपर्ने माग राखेका छन् ।

त्रिवि कार्यविधिअनुसार आंशिक प्राध्यापकहरूलाई करार सेवामा व्यवस्थापन गर्नुपर्ने, त्रिविको आंशिक कक्षा सञ्चालन कार्यविधि अनुसारको पारिश्रमिक १ हप्ताभित्र उपलब्ध गराउनुपर्ने, सुर्खेत बहुमुखी क्याम्पसले खुला गरेको व्यवस्थापन संकायको शिक्षक सहायकको विज्ञापनको प्रक्रिया रोक्नुपर्ने, कोर्ष करार व्यवस्थापन समितिको प्रतिवेदनबमोजिम सञ्चालित सबै संकायको करार शिक्षण सहायकको एकमुष्ट रुपमा विज्ञापन गर्नुपर्ने, क्याम्पस प्रशासनले गरेको विभेदपूर्ण व्यवहारको अन्त्य गरिनुपर्ने र सामाजिक सञ्जाल तथा मिडियामा आएका भ्रष्टाचारका विषयको यथासिघ्र छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गरी यस क्याम्पसमा सुशासन कायम गरिनुपर्नेलगायतका माग राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर