दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरको शंकास्पद उडान, प्रशासनले गरायो ध्यानाकर्षण – Nepal Press

दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरको शंकास्पद उडान, प्रशासनले गरायो ध्यानाकर्षण

दार्चुला । केही दिनयता दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले चक्कर लगाइरहेको छ ।

दार्चुला सदरमुकाम खलंगाको आकाशमा भारतीय हेलिकप्टरको शंकास्पद उडानले स्थानीय त्रसित भएका छन् ।

खलंगामा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको ४४ नम्बर गण हेडक्वाटरलगायतका सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रमाथि हेलिकप्टर उडेको हो ।

विगतमा पनि भारतीय सेनाको हेलिकप्टर बेलाबेला उड्ने गरेको भएपनि पछिल्लो समय त्यति देखिएको छैन ।

केही दिनदेखि भारतीय निजी कम्पनीको हेलिकप्टर खलंगा हुँदै उत्तरपश्चिम कालापानी क्षेत्रतर्फ गइरहेको हो । दार्चुलाकी सीडीओ किरण जोशीले यस विषयमा भारतीय अधिकारीलाई पत्राचार गरेर ध्यानाकर्षण गरिएको जानकारी दिइन् ।

‘लगातार भारतीय हेलिकप्टर देखिन थालेपछि हामीले पिथौरागढका डीएमलाई लिखित पत्र पठाएर ध्यानाकर्षण गराएका छौं । जवाफ केही आएको छैन’, जोशीले नेपाल प्रेससँग भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर