व्यक्तिले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउनु हुन्न : सञ्चारमन्त्री शर्मा – Nepal Press

व्यक्तिले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउनु हुन्न : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालकहरूले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपरेको टिप्पणी गरेकी छन् ।

प्रेस काउन्सिल नेपालले सोमबार भक्तपुरमा आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रममा मन्त्री शर्माले गणतान्त्रिक व्यवस्था आफैँमा राम्रो व्यवस्था भएपनि केही खराब कामको दृष्टान्त दिँदै गणतान्त्रिक व्यवस्थामाथि प्रहार हुने गरेको बताइन् ।

व्यवस्था र व्यवस्था सञ्चालक फरक-फरक कुरा भन्दै उनले व्यक्तिले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउनु नहुने उल्लेख गरिन् । मिडियाले सबै क्षेत्रका सकारात्मक कुराहरूलाई पनि स्थापित गराउन लाग्नुपर्नेमा उनको जोड थियो ।

उनले भनिन्, ‘सांसदका स्वकीय सचिवहरू को-को छन् ? को-को हुन्छन् ? क-कसलाई स्वकीय राख्छन् भन्ने कुरा आइरहँदामा परिवारबाट राख्छन् भन्ने कुराको लिष्ट बन्छ । पत्रिकामा छापिन्छ । जसले त्यो गरेको छैन । जसले सहिद परिवार राख्छ । जसले कार्यकर्ता राख्छ । त्यसको नाम नै आउँदैन । चर्चा नै हुन्न । त्यो नगर्ने मान्छे कसरी प्रोत्साहित होला ? नकारात्मक कुरालाई प्रहार गर्नुको उद्देश्य सकारात्मक होस् भनेर हो । तर, सँगसँगै सकारात्मक कुरालाई अलिअलि त स्थापित गरेर जानुपर्‍यो । समाजमा आशाको दियो बाल्नुपर्‍यो ।’

मन्त्री शर्माले नियमावली बनाएर भएपनि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न लागिरहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर