वैदेशिक रोजगारबाट फर्कंदा ल्याइने टीभी र मोबाइलमा भन्सार छुट – Nepal Press

वैदेशिक रोजगारबाट फर्कंदा ल्याइने टीभी र मोबाइलमा भन्सार छुट

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीले स्वदेश फर्कंदा ल्याइने टीभी र मोबाइलमा भन्सार छुट पाउने भएका छन् ।

भन्सार विभागका अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध नेपाली नागरिकले जुनसुकै आकारको एक थान टीभी ल्याउँदा भन्सार छुट पाउने भएका हुन् ।

कोषमा आवद्ध नभएकाले ३२ इन्चसम्मको टीभी ल्याउँदा भन्सार शुल्क छुट पाउनेछन् । तर, निःशुल्क टीभी ल्याउन कम्तीमा १२ महिना विदेशमा काम गरेको हुनुपर्नेछ ।

त्यस्तै मोबाइलको हकमा भने ६ महिना काम गरेको हुनुपर्ने व्यवस्था छ । अन्य मोबाइलको भन्सार शुल्क भने आफैंले तिर्नुपर्नेछ । भन्सार शुल्क छुट भएको मोबाइलको एमडीएमएस प्रणालीमा आफैंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर