आँखा पाक्ने रोग देखिएपछि पोखरा महानगरपालिकाका विद्यालय ३ दिन बन्द हुने – Nepal Press

आँखा पाक्ने रोग देखिएपछि पोखरा महानगरपालिकाका विद्यालय ३ दिन बन्द हुने

पोखरा । आँखा पाक्ने रोग देखिएपछि पोखरा महानगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालय ३ दिन बन्द हुने भएका छन् ।

बुधवारदेखि शुक्रवारसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको महानगर शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीको संख्या कम हुन थालेपछि पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, नगर कमिटीका अध्यक्ष र शिक्षकहरूको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा अधिकृत सुबेदीले बताए ।

पोखराका धेरैजसो विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ ।

पोखराका केही विद्यालयका विद्यार्थीहरूमा यो समस्या देखिएपछि बन्द गरिसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर