लहानमा खुट्टी खोलामा आएको बाढी दलित बस्ती पस्यो, झन्डा पार्क पनि डुब्यो

२०८० साउन २३ गते १०:२१

जनकपुरधाम । सिरहाको लहान नगरपालिका भएर बग्ने खुट्टी खोलामा अत्यधिक बाढी आएको छ ।
बाढीका कारण लहान नगरपालिका ५ स्थित दलित बस्ती डुबानमा परेको हो । करिब ७ जनाको घरमा बाढी पसेको स्थानीय राजेश विद्रोहीले जानकारी दिए ।
उनका अनुसार घरमै बाढी पसेपछि खान र बस्न समस्या भएको छ । आज कसैको घरमा खान पाकेको छैन । तत्काल राहतको व्यवस्था गर्नुपर्ने अवस्था देखिएको छ ।
लहानको झन्डा पार्क पनि बाढीले डुबाएको छ । खुट्टी खोला किनारमा रहेको झन्डा पार्क बाढीले डुबेपछि पनि सेल्फी लिनेहरुको भीड लागेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर