पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध – Nepal Press

पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध

घोराही । घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ ।

घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

वर्षातका कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । उनका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो ।

सडक सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा घोराही–लमही सडक खण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *