राप्रपा नेपालको बैठक भदौ ७ र ८ मा, राजसंस्थाको एजेन्डा र आन्दोलनबारे निर्णय हुने – Nepal Press

राप्रपा नेपालको बैठक भदौ ७ र ८ मा, राजसंस्थाको एजेन्डा र आन्दोलनबारे निर्णय हुने

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी भाद्र ७ र ८ गते काठमाडौंमा बोलाइएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्र सहित जनआन्दोलनको खाका समेत प्रस्तुत गर्ने कार्य तालिका रहेको छ ।

राप्रपा नेपाल पुनर्जागरण पश्चात् बस्न लागेको बैठक पार्टी जीवनका लागि महत्त्वपूर्ण रहेको महामन्त्री राजाराम बर्तौलाले बताए । ‘यो बैठक पार्टीको भावी कार्यदिशा र कार्य योजना सहित सैद्धान्तिक वैचारिक पक्षलाई थप स्पष्ट पार्दै अघि बढ्नेछ’ महामन्त्री बर्तौलाले भने ।

विभिन्न व्यक्ति, समूह, अभियान, पार्टीमा रहेका राष्ट्रवादी प्रजातान्त्रिक शक्तिलाई एकै ठाउँमा ल्याउन पार्टीले भरमग्दुर प्रयास गर्ने उनले बताए ।

बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाका सहित महामन्त्री भाष्कर भद्राको सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धी प्रतिवेदन ,महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन , कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन सहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले प्रतिवेदन पेश गर्नेछ। राप्रपा नेपालसँग एकताको लागि सडक संघर्ष न्यूनतम बटमलाइन रहने स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर