पाल्पामा डेंगीबाट एक महिलाको मृत्यु – Nepal Press

पाल्पामा डेंगीबाट एक महिलाको मृत्यु

रुपन्देही । पाल्पामा डेंगी सङ्क्रमित महिलाको मृत्यु भएको छ । तानसेन ६, बर्तुङ्की ६९ वर्षीया महिलाको डेंगी संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा साउन २१ गते साँझ मृत्यु भएको हो । मृतक महिलामा एकसाताअघि डेंगी संक्रमणको पुष्टि भएको मिसन अस्पतालले जनाएको छ । पाल्पामा पछिल्लो समय डेंगी संक्रमण बढ्दै गएको छ । पछिल्लो एक महिनायता पाल्पामा १५ भन्दा बढी मानिसमा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले जानकारी दिए ।

निजी स्वास्थ्य संस्था समेतमा किट रहेको र परीक्षण गर्दा डेंगी भेटिएको हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । तानसेनका युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज लगातयमा रगत परीक्षण गराउँदा ४५ जनामा डेंगी पोजिटिभ देखिएको डा. गिरीले बताए ।

पहिले तराईमा धेरै संक्रमण हुने डेंगी अहिले पहाडी जिल्लामा पनि बढ्दै गएकाले सुरक्षित रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । असोज महिनासम्म यसको प्रभाव बढी रहने भएकाले सर्तक रहन जिल्ला स्वास्थ्य कार्यालय लगायतका स्वास्थ्य संस्थाहरुले सूचित गरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *