आफैंले पास गरेको सम्पत्ति कर घटाउन पोखरा महानगरका वडाध्यक्षको माग – Nepal Press

आफैंले पास गरेको सम्पत्ति कर घटाउन पोखरा महानगरका वडाध्यक्षको माग

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष किरण बरालले महानगरमा करको दर घटाउन माग गर्दै ध्यानाकर्षण गराएका छन् ।

नगदी र सम्पत्ति कर अत्यधिक वृद्धि भएको जनगुनासो आएकाले राजस्व परामर्श समितिको संयोजकसमेत रहेकी महानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई वडाध्यक्ष बरालले ध्यानाकर्षण गराएका हुन् ।

आर्थिक ऐन २०८० अनुसार नगदी तथा सम्पत्ति कर असुल गर्दा जनगुनासो बढी आएको वडाध्यक्ष बरालले बताए । उनले भने, ‘जनगुनासोले दैनिक कार्यालय सञ्चालनमा समेत बाधा अवरोध भएकाले सेवाग्राहीको माग सम्बोधन गर्न अनुरोध गरेको छु ।’

जनप्रतिनिधिले आफूलाई भन्दा वडावासीलाई सुन्नुपर्ने वडाध्यक्ष बरालले बताए । ‘वडावासीको गुनासो सुन्न र समस्याको समाधान खोज्ने प्रयत्नमा सदैव हुनेछौं’, उनले भने ।

याे पनि पढ्नुस् : करका नाममा ढाड सेक्दै पोखरा महानगर, एकै वर्षमा ५० प्रतिशतभन्दा धेरै बढाइयो मालपोत तथा भूमिकर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर