काठमाडौंका व्यापारिक कम्प्लेक्सलाई पार्किङ शुल्क उठाउन दिन उच्च अदालतको अल्पकालीन आदेश – Nepal Press

काठमाडौंका व्यापारिक कम्प्लेक्सलाई पार्किङ शुल्क उठाउन दिन उच्च अदालतको अल्पकालीन आदेश

काठमाडौं । काठमाडौंका व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन दिन उच्च अदालत पाटनले आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानूनी व्यवस्था गरेकोमा व्यवसायीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले सोमबार काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको हो ।

त्यस्तै साउन ३० गते दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार अदालतले साउन ३० गतेसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न पनि काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर