संघीय शिक्षा विधेयक : राजनीतिक रुपमा तटस्थ नेपाल शिक्षक महासंघ कायम राखिने – Nepal Press

संघीय शिक्षा विधेयक : राजनीतिक रुपमा तटस्थ नेपाल शिक्षक महासंघ कायम राखिने

काठमाडौं । सार्वजनिक तथा निजी विद्यालयका शिक्षक तथा कर्मचारीको पेशागत हक हितमा काम गर्न राजनीतिक रुपमा तटस्थ नेपाल शिक्षक महासंघ कायमै राखिने भएको छ ।

मन्त्रिपरिषद्बाट स्विकृत भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को दफा १५४ मा यस्तो व्यवस्था कायमै राखिएको हो ।

विद्यालय शिक्षालाई परिणाममुखी तथा प्रभावकारी वनाउन तथा शिक्षक सेवाम सुधार, सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि र नीति तथा मापदण्ड निर्माणमा सरकारलाई रचनात्म सहयोग महासंघले गर्ने उल्लेख छ ।

यस्तै, शिक्षक सेवालाई तटस्थ, मर्यादित, भष्ट्राचारमुक्त, अनुशासित, जनमुखी, परिणाममुखी, उत्तरदायी र व्यवसायिक बनाउन क्रियाशिल हुनुपर्ने शिक्षक महासंको जिम्मेवारी हुने भनिएको छ । अहिले कार्यान्वयनमा रहेको शिक्षा ऐन, २०२८ को दफा १६ ‘ङ’मा नेपाल शिक्षक महासंघ रहने व्यवस्था छ ।

विधेयकको दफा ७५ मा शिक्षकले राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाइने व्यवस्था गरिएको छ । जसमा भनिएको छ, ‘शिक्षकले राजनीतिक दल वा दलसँग आवद्ध संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा चन्दा माग्न वा कुनै प्रकारकाण् राजनीतिक प्रभाव पार्न हुदैँन ।’

तर, विधेयकको सोहि दफामा कसैलाई मत दिएको वा दिने विचार गरेको कुरा प्रकट नगरी प्रचलित कानून बमोजिम आफुले पाएको मतदानको अधिकार भने प्रयोग गर्न बाधा नपर्ने भनिएको छ ।

अहिले कार्यान्वयनमा रहेको शिक्षा ऐन, २०२८ को दफा १६ ‘ङ’को पाँचमा भने शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षक वा कर्मचारलिाई पदबाट हटाउने व्यवस्था गरिएको छ । कार्यकारिणी समिति भन्नाले राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीयस्तर, प्रदेशस्तर, जिल्लास्तर वा स्थानीय तहस्तरका कार्यकारिणी समिति भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर