नाइजेरियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा – Nepal Press

नाइजेरियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा

काठमाडाैं । नाइजेरियालाई टाइब्रेकरमा पराजित गर्दै इङ्ल्यान्ड जारी महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

सोमबार दिउँसो भएको खेलमा निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । टाइब्रेकरमा इङ्ल्यान्डको पहिलो प्रहार असफल भएपनि त्यसपछिका लगातार ४ प्रहारमा गोल गरेको थियो। नाइजेरियाले पनि सुरुका २ वटा प्रहारमा गोल गर्न सकेन ।

पाँचौँ प्रहारमा कोल केलीले गोल गर्दै इङ्ल्यान्डको क्वाटरफाइनल यात्रा सुनिश्चित गरेकी थिइन् । त्यसअघि इङ्ल्यान्ड ८७ औँ मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । इङ्ल्यान्ड युरोपियन च्याम्पियन पनि हो ।

यता नौपटकको अफ्रिकन च्याम्पियन नाइजेरिया हालसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन । इङ्ल्यान्ड अघिल्ला दुई संस्करणमा लगातार सेमिफाइनलसम्म पुगेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *