कर्णाली प्रहरीको वार्षिक गतिविधि : १७ सय बढी मुद्दा दर्ता, कति भए फर्छ्यौट ? – Nepal Press

कर्णाली प्रहरीको वार्षिक गतिविधि : १७ सय बढी मुद्दा दर्ता, कति भए फर्छ्यौट ?

सुर्खेत । कर्णाली प्रदेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०७९/०८० को वार्षिक गतिविधि सार्वजनिक गरेको छ ।

सोमबार पत्रकार सम्मेलनमार्फत ११ वटा प्रहरी कार्यालयका भवनहरु निर्माणाधीन रहेको जानकारी गराइएको छ ।

त्यस्तै, कार्यालय व्यवस्थापन, जनशक्ति व्यवस्थापन, शान्ति सुरक्षा तथा अमनचयन, अपराध रोकथाम तथा नियन्त्रण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा, अपराध अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, समुदाय– प्रहरी साझेदारी कार्यक्रम, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट सुरु गरिएका नवीनतम कार्यहरूबारे जानकारी गराइएको थियो ।

गत आर्थिक वर्षमा नयाँ स्थापना भएका कार्यालयहरूमा अस्थायी प्रहरी पोष्टहरु हुम्लाको सल्लि सल्ला र गोठिल्लाबाडामा २, मुगुको माझघट्टमा १, दैलेखको हाडाकोट र काँसिकाधमा २, डोल्पाको फोक्सुन्डो रिग्मामा १ रहेका उल्लेख गरिएको छ ।

प्रदेशमा प्रहरी कर्मचारी र अनुपातमा ६ हजार २७९ जना प्रहरी कर्मचारीको जम्मा दरबन्दी रहेकोमा ५ हजार ६०६ कार्यरत प्रहरी कर्मचारी कार्यरत रहेका प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले बताए । जसमध्ये ५ हजार १९५ जना (९२.६७ प्रतिशत) पुरुष प्रहरी कर्मचारी र ४११ (७.३३ प्रतिशत) जना महिला प्रहरी कर्मचारी कार्यरत रहेका उनले बताए ।

प्रदेशमा आव ०७९/०८० मा १०५ स्थानमा सिसिटिभि जडान गरिएको छ भने ३७८ वटा सिसिटिभि प्रयोगमा रहेका छन् ।

त्यस्तै, कर्णाली प्रदेशमा आ.व. ०७९/०८० मा ११४ वटा लागू औषध सम्बन्धी मुद्दा दर्ता भएकोमा ९९ फर्छ्यौट गरिएको छ भने २१५ जना अभियुक्तहरू पक्राउ गरिएको विवरणमा उल्लेख छ ।

त्यसैगरी, २०५ ग्राम २७२ मिलि ग्राम ब्राउन सुगर, ६८६ ग्राम ८२ मिलि ग्राम गाँजा, १६३ ग्राम ९७७ मि. ग्राम चरेश, १७ सि.सी. र १ हजार ६८४ ट्याबलेट औषधी जन्य लागू औषध बरामद गरिएको छ ।

साथै, प्रदेशको जाजरकोट, डोल्पा, रुकुम पश्चिम लगायत विभिन्न जिल्लाहरुमा १५१ विगाहा (१९६० रोपनी) को गाँजा तथा अफिम खेती नष्ट गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा तर्फमा मुद्दा दर्ता ६३९, फर्छ्यौट ३७० भए भने पक्रियमा २६९ रहेको छ ।

महिला तथा बालबालिकामा हुने हिंसाहरुमा जबर्जस्ति करणी २०७, आत्महत्या १२३, वहुविवाह ७५ तथा अन्य विभिन्न एसिड आक्रमक, जबर्जस्ति करणी उद्येग, बेचबिखन लगायतका घटनाहरूका रहेका छन् ।

अपराध अनुसन्धान तर्फ आ.व. २०७८/०७९ मा १ हजार ५५५ मुद्दा दर्ता भएकोमा २०७९/०८० मा १ हजार ७२९ मुद्दा दर्ता भएका जनाइएको छ । जुन ११.१८ प्रतिशतले बढी हो । जसमध्ये फर्छ्यौट ९०६ वटा सामान्य, गम्भीर र जघन्य प्रकृतिका कसूरहरू फर्छ्यौट भएका छन् भने १ हजार ४२७ जना पक्राउ भएका छन् ।

प्रदेशमा आ.व. ०७९/०८० मा ४० वटा कर्तव्य ज्यानका मुद्दाहरू दर्ता भएको छ । जसमा मुद्दा दर्ताको २.३२ प्रतिशत रहेको छ । जसमा सुर्खेत र सल्यानमा सबैभन्दा बढी १०/१० वटा मुद्दा दर्ता भएको छ भने डोल्पा र मुगुमा १/१ वटा गरी कम मुद्दा दर्ता भएको छ । त्यसैगरी, रुकुम पश्चिममा ५, जाजरकोटमा ३, कालिकोट ३ र जुम्लामा ३ तथा दैलेखमा र हुम्लामा २/२ वटा मुद्दा दर्ता भएको छ ।

यस्तै, प्रदेशमा २७३ जनाले आत्महत्या गरेका छन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी १०९ छन् । जसमा ३९.९३ प्रतिशत छ भने डोल्पा जिल्लामा आत्महत्या भएको छैन । त्यसैगरी, सल्यानमा ४५, दैलेखमा ४४, रुकुम पश्चिममा २८, जाजरकोटमा १९, कालिकोट १२ र जुम्लामा ६ मुगुमा ६ र हुम्ला ४ जनाले आत्महत्या गरेका छन् ।

जसमध्ये २३९ जना झुण्डिएर (८७.५५ प्रतिशत), ३९ ( ११.३६ प्रतिशत) जना विष शेवन गरेर र २ जना औजारबाट र १ जना हाम फालेर आत्महत्या गरेका छन् ।

साथै, कार्यक्रम जानकारी गराउँदै प्रदेशमा २०७ वटा जबरजस्ति करणी सम्बन्धी मुद्दा दर्ता भएका छन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी ८८ वटा मुद्दा दर्ता भएको छ भने डोल्पामा सबैभन्दा कम १ वटा मुद्दा दर्ता भएको छ ।

त्यसैगरी, सल्यानमा २३, दैलेखमा १८, रुकुम पश्चिममा १७ , जाजरकोटमा ९, कालिकोट १७ र जुम्लामा १८ मुगुमा ७ र हुम्ला ९ वटा जबरजस्ति करणी सम्बन्धी मुद्दा दर्ता भएको छ । त्यसैगरी २३४ वटा प्रतिवादीहरू जवरजस्ती करणीमा पक्राउ भएकोमा पक्राउ १७९ (७७ प्रतिशत) र ५५ जना फरार रहेका छन् ।

जबरजस्ति करणीको घटनाहरूबाट सबै भन्दा बढी १०–१६ उमेर समुह बालिका ९४ जना, १० भन्दा कम उमेरका ४ जना , १७–२५ वर्षसम्म ७४, २६–३५ वर्षसम्म २१, ३६–४५ वर्षसम्म ९, ४६–५९ वर्षसम्म ३ र ६० वर्षभन्दा माथि २ जना पीडित भएका छन् ।

यस्तै, १३५ वटा बैङ्किङ कसूर सम्बन्धि मुद्दा दर्ता भएकोमा १३१ वटा मुद्दा सुर्खेतमा दर्ता भएको छ भने ४ वटा मुद्दा सल्यानमा दर्ता भएका छन् ।

प्रदेशभरी ४९ हजार ४२४ वटा कारवाही गरी सवारीसाधनलाई कार्वाही गरि ३ करोड ८७ लाख ९१ हजार ५०० राजश्व संकल भएको छ । जसमा आ.व. ०७८÷०७९ मा ४० हजार ४०४ सवारीसाधनलाई कारवाही गरि ३ करोड ३० लाख ७९ हजार राजश्व संकलन भएकोमा यो आर्थिक वर्षमा १६ दशमलव ६३ प्रतिशत राजश्व संकलब वृद्धि भएको छ ।

चालु आ.व. मा प्रदेशभरी सवारी नियम उल्लङ्घनमा जम्मा ४९ हजार ४२४ वटा कारवाही गरी ३ करोड ८७ लाख ९१ हजार ५०० राजश्व संकल भएको छ ।

साथै, समुदाय प्रहरी साझेदारी कार्यक्रम तर्फ सचेतनामुलक कार्यक्रम ४ हजार ३४६ गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट सुरु गरिएका नविनतम सृजनात्मक कार्यहरूमा यात्रु मैत्री अभियानमा भई १ हजार ५२१ वटा कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

यस्तै सुरक्षित कर्णाली विशेष अभियान, २०८०” कार्ययोजना निर्माण गरि २०८० वैशाख १ गरे देखि कार्यान्यनमा ल्याईएको छ । साथै, घरघरमा स्टिकर टाँस अभियान” सुरु गरिएको छ । जसमा १ लाख भन्दा धेरैको घरधुरीमा स्टिकर टाँस गरिएको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा रहेकोमा कर्णली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) लाई सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ८ दुलालथाईमा तेईस (२३) बिघाहा जग्गा उपलब्ध गराउनको लागि सम्बन्धित वडा, वन उपभोक्ता समिति र नगरपालिकाबाट सिफारिस गराइएको छ ।

साथै, जिल्ला सुरक्षा समितिबाट निर्णय गराई प्रहरी प्रधान कार्यालय मार्फत गृह मन्त्रालयसम्म फाईल पेश भएको छ ।

नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँके (हाल नेपालगञ्ज) लाई सुर्खेतको गुर्भाकोट नगपरपालिका वडा नम्बर १३ र १४ गुमीमा साढे चार (४.५) बिघाह जग्गा प्रप्तिको लागि आवश्यक प्रक्रिया पूरा गरी मिति २०८० असार २६ गतेको मन्त्रीपरिषद्को निर्णय मार्फत नेपाल प्रहरी विशेष सुरक्षा गणको नाममा प्राप्त गरिएको छ ।

उक्त स्थानमा कार्यालय स्थानान्तरणको निमित्त भवन निर्माण र मर्मत कार्यको लागि आवश्यक पर्ने बजेटको स्टिमेट गरी कर्णाली प्रदेश सरकार आन्तरीक मामिला मन्त्रालयमा पेश गरेको ।

साथै, बहालवाला प्रहरी कर्मचारी, पुर्व प्रहरी कर्मचारीहरू र अमर प्रहरीका बालबालिकहरूलाई पढनपाढनको लागि स्थापना गरिएको नेपाल पुलिस स्कुल सुर्खेत हाल आफ्नो जग्गा नभएर भडाको भवनमा पठनपाठन गरिरहेको अवस्थामा विरनेन्द्रनगर नगरपालिका वडा नं. ५ चिसापानि स्थित कर्णाली प्रदेश प्रहरी गणको नाममा रहेको ३ बिगाह ८ कट्ठा जग्गामा २ बिघाहमा प्रहरी स्कुल, १ बिघाहमा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय र बाँकी ८ कठ्ठामा केनाईन शाखा राख्नको लागि आवश्यक प्रक्रिया पुरा गरी प्रहरी प्रधान कार्यालयमा पत्राचार गरिएकोमा हाल गृहमन्त्रालयमा पठाइएको छ ।

प्रदेश प्रहरीले निःशुल्क निवेदन लेखनमा सहजिकरणको लागि सेवा लिन आउने विपन्न र असमर्थ सेवाग्राहीहरूलाई प्रहरी कार्यालयहरूले जम्मा २ हजार ६७८ वटा निशुल्क निवेदन लेखनमा सहजिकरण गरीएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर