सदन अवरोध : गठबन्धनमा छलफल गर्न प्रधानमन्त्रीले मागे एक घण्टा समय (भिडिओ) – Nepal Press

सदन अवरोध : गठबन्धनमा छलफल गर्न प्रधानमन्त्रीले मागे एक घण्टा समय (भिडिओ)

काठमाडौैं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एक क्विन्टल सुन तस्करी प्रकरणमा सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएको बताएका छन् ।

समितिको माग गर्दै एमालेले सदन अवरोध गरेपछि खुलाउनको लागि सभामुखसहित बसेको शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन टुंगिएपछि आन्तरिक छलफलपछि पुनः साढे ३ बजे बैठक बस्ने उनले जानकारी दिए ।

बैठकमा एमालेले सदन खुलाएर छानविन समिति गठन गर्ने प्रस्ताव राख्न प्रधानमन्त्रीले नमानेको उनको भनाइ छ ।

उनले भने, ‘हामीले सदन खुलाऔं छानबिन समिति गठन गरौं भन्दा प्रधानमन्त्रीले मान्नुभएन । अहिले उहाँले गठबन्धनभित्र आन्तरिक छलफल गर्छु भनेर एक घण्टाको समय माग्नुभएको छ ।’

बर्तौलाले प्रधानमन्त्रीले सदन खुलाउन नचाहेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर