एएफसी कपको पहिलो चरणमा भिड्न नेपालको मच्छिन्द्र र भुटानको पारो तयार (भिडिओ) – Nepal Press

एएफसी कपको पहिलो चरणमा भिड्न नेपालको मच्छिन्द्र र भुटानको पारो तयार (भिडिओ)

काठमाडौं । एएफसी कपको पहिलो चरणमा भिड्न आफूहरु तयार रहेको नेपालको मच्छिन्द्र क्लब र भुटानको पारो एफसीले बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित प्रि-म्याच कन्फेरेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरु जीतका लागि तयार रहेको जनाएका छन् ।

मच्छिन्द्र र पारो मंगलबार साँझ साढे ५ बजे दशरथ रंगशालामा आमनेसामने हुँदैछन् ।

मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले खेलको सम्पूर्ण तयारी सम्पन्न गरेको बताए । उनले टीममा रहेका खेलाडीहरुले राम्रो खेल खेल्ने र सोचेजस्तो नजिता निस्कने धारणा बताए ।

त्यस्तै मच्छिन्द्रका प्रशिक्षक किशोर केसीले भुटानको पारो राम्रो टीम भएकाले खेल सुरु भएपछि रणनीति बुझेर त्यही अनुसार प्रदर्शन गर्नुपर्ने जिकिर गरे । मच्छिन्द्रमा ७ जना खेलाडी थप गरिएको भन्दै उनले आवश्यकता अनुसार मैदानमा उत्राउने बताए ।

मच्छिन्द्रले मंगलबारको खेल जिते १६ अगस्टमा मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । उक्त खेल जिते २२ अगस्टमा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग मच्छिन्द्रले खेल्नेछ ।

मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिग २०७९/८० मा दोस्रो स्थान हासिल गरेपनि च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब लाइसेन्स नपाएका कारण दोस्रो पटक खेल्ने अवसर पाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *