हिमालयनलाई सवा करोड र कुमारी बैंकलाई साढे ५९ लाख जरिवाना – Nepal Press

हिमालयनलाई सवा करोड र कुमारी बैंकलाई साढे ५९ लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

कुमारी बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पालना नगरेको भन्दै ५९ लाख ६३ हजार ६ सय ९४ रूपैयाँ जरिवाना गरिएको छ । गत आर्थिक वर्षमा कुमारी एक पटक कारबाहीमा परेको केन्द्रीय बैंकले जनाएको छ । कुमारी बैंकले माघमा सीडि रेसियो उल्लंघन गरेको थियो ।

यता सीडी रेसियो उल्लंघनकै अभियोगमा हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार रूपैयाँ जरिवाना तिराइएको छ ।

यस्तै प्रिमियम दर बढाई ब्याज असुल गरेको भन्दै प्राइम कर्मसियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई सचेत गराइएको छ । प्राइमले कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर