पार्टी नेतृत्वप्रति माओवादी नेता न्यौपानेको कटाक्ष : रूपान्तरणको अभियान लुम्बिनीबाट सुरु भइसकेछ – Nepal Press

पार्टी नेतृत्वप्रति माओवादी नेता न्यौपानेको कटाक्ष : रूपान्तरणको अभियान लुम्बिनीबाट सुरु भइसकेछ

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामाको नियुक्तिलाई लिएर माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सार्वजनिक असन्तुष्टि प्रकट गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै पार्टी नेतृत्वको निर्णयमा असन्तुष्टि जनाएका हुन् ।

न्यौपानेले कटाक्ष गर्दै लुम्बिनीबाट रूपान्तरण अभियानको उद्घाटन सुरु भएको टिप्पणी गरेका छन् ।

उनी लेख्छन्, ‘रूपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो । तर, बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसके छ ।’

माओवादीको पाँच दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय लिएको थियो । उक्त अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गर्ने भनिएको छ ।

रूपान्तरण अभियान घोषणा भएकै दिन माओवादी नेतृत्वको सरकारले लुम्बिनी विकास कोषमा डा. लामालाई नियुक्त गर्ने निर्णय लिएको थियो । यसप्रति न्यौपानेले कटाक्ष गरेका हुन् ।


प्रतिक्रिया

One thought on “पार्टी नेतृत्वप्रति माओवादी नेता न्यौपानेको कटाक्ष : रूपान्तरणको अभियान लुम्बिनीबाट सुरु भइसकेछ

  1. माओवादीमा केही राम्रा मान्छे अझै छन् । तर प्रचण्ड लगायत ९०% मान्छे यस्तै लार्क्याल लामा च्याप्ने , अनि कमाउने धन्दामा छन् । राम्राले कुरा बुझेका दिन त्यो पार्टी छाडेर एमाले प्रवेश गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर