लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी क्वाटर फाइनलमा – Nepal Press

लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी क्वाटर फाइनलमा

न्युयोर्क। लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी लिग्स कपको क्वाटर फाइनलमा पुगेको छ।

सोमबार बिहान भएको खेलमा मियामीले डल्लासलाई टाइब्रेकरमा पराजित गर्‍यो।

निर्धारित तथा अतिरिक्त समयको खेल ४-४गोलको बराबरीमा सकिएपछि टाइब्रेकर भएको थियो।

निर्धारित तथा अतिरिक्त समयमा मेस्सी एक्लैले २ गोल गरेका थिए। त्यसमध्ये एक गोल फ्रीकिकमा गरेका थिए।

खेलमा २ गोलले पछाडि परेको अवस्थामा मियामी बराबरीमा पुगेको थियो।

मेस्सीले मियामीका लागि ४ खेलमा ७ गोल गरिसकेका छन्।

खेलमा सुरुवाती अग्रता मेस्सीले छैटौँ मिनेटमा दिलाएका थिए। तर त्यसपछि लगातार तीन गोल गर्दै डल्लास ३-१ गोलले अगाडि बढेको थियो।

मियामीले ६५ औँ मिनेटमा गोल गर्दै खेल ३-२ को अवस्थामा पुर्‍याएको थियो। तर ६८ औँ मिनेटमा इन्टर मियामीबाट आत्मघाती गोल भएपछि डल्लास फेरी ४-२ गोलले अगाडि बढ्यो।

डल्लासका खेलाडीबाट ८० औँ मिनेटमा आत्मघाती गोल भएको थियो। मेस्सीले ८५ औँ मिनेटमा शानदार फ्रिकिक गोल गरेर खेललाई ४-४ को स्थितिमा पुर्‍याएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *