अदालतको आदेशपछि डा. भट्टराईको सरकारलाई आग्रह- मेरो प्रधानमन्त्रीत्वमा भएका निर्णयको छानबिन र कारबाही होस् – Nepal Press

अदालतको आदेशपछि डा. भट्टराईको सरकारलाई आग्रह- मेरो प्रधानमन्त्रीत्वमा भएका निर्णयको छानबिन र कारबाही होस्

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो कार्यकालमा भका सबै निर्णयहरूको निष्पक्ष छानबिन र कारबाही गर्न आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा सरकारको जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा संलग्न प्रधानमन्त्रीसम्मलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ललिता निवासलगायत जुनसुकै प्रकरणमा पनि मन्त्रिपरिषद् लगायत सबै तहबाट भएका निर्णयहरूमाथि निष्पक्ष छानबिन गर्न पनि उनले आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘ललिता निवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रिपरिषद लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानबिन गरेर कानूनविपरीत, राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भए गरेको भए । जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कारबाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ। अतः मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ ।

उनले ललिता निवास प्रकरणमा सर्वोच्चको निर्देशन अनुसार छानबिन भएमा पूर्ण रूपले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर