लुम्बिनी सरकारका सय दिन : यस्तो छ प्रगति विवरण – Nepal Press

लुम्बिनी सरकारका सय दिन : यस्तो छ प्रगति विवरण

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । वैशाख १५ मा लुम्बिनी प्रदेशमा अहिलेको सरकार गठन भएको थियो ।

सय दिनमा सरकारले स्थानीय उत्पादनका सामग्रीको ब्राण्डिङ्ग गर्दै दुई लाख व्यक्तिलाई रोजगारी सृजना गर्ने कामको सुरुवात, कानुन निर्माणसंगै आर्थिक समृद्धिको आधार तयार पार्नेसम्मका कामलाई प्रमुख उपलब्धी रहेको जनाएको छ ।

संघीयता कार्यान्वयनमा रोलमोडेल बन्नेगरी काम अघि बढाएको, स्थानीय सामग्रीको उत्पादन र त्यसको बजारीकरणबाट मात्रै गाउँ गाउँमा रोजगारी सृजना गर्न सकिने भन्दै चालु आर्थिक बर्षमा दुई लाख व्यक्तिलाई रोजगारी दिने योजना रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।

‘सरकारको प्रमुख ध्यान भनेकै आर्थिक विकासमा छ । त्यसका लागि स्थानीय उत्पादनको सामग्रीको बजारीकरण र त्यसको ब्राण्डिङ नै आधार हो, अहिले हामीले आर्थिक विकासलाई प्राथमिकतामा राखेर मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अघि सारेका छौं । बजेट पनि प्रशस्त छ । केन्द्र सरकारसँग पनि डेढ अर्ब बजेट मागेका छौं । अर्काे कुरा दातृ निकायसंग पनि अनुरोध गरेका छौं ।’

सरकारले कानून निर्माणतर्फ निजामती कर्मचारी विधेयक संसदमा दर्ता गरेको, भौतिक पूर्वाधारतर्फ भएका प्रगतिहरु रहेको जनाएको छ । यो सय दिनमा एक सय ७५ किलोमिटर सडक कालोपत्रे भएको, एक सय ५० किलोमिटर सडक ग्राभेल गरिएको, १५ वटा पक्की सडक सम्पन्न भएको योजना सार्वजनिक गरिएको हो ।

सडक तथा पुलका विभिन्न १५ वटा आयोजनाहरुको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भएर खरिद प्रक्रिया अघि बढेको छ । यस्तै लम्पी स्किन रोगको रोकथामका लागि स्थानीय तह समेतको सहकार्यमा हालसम्म ४४ हजार पशुहरुमा खोप र एक लाख १६ हजार पशुहरुको उपचार गरिएको छ । थप एक लाख ५० हजार खोप र ६५ हजारलाइ उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ ।

प्रदेश सरकार लयमा हिडिरहेको र जनताको दैनिक समस्याहरु समाधान गर्नेगरी काम भइरहेको गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए । ‘सरकारले लय पकडेको छ । जनताको दैनिकी समस्या समाधान गर्नेगरी हामीले काम गरिरहेका छांैं’उनले भने, ‘यो सय दिनको अवधिमा प्रदेश सरकार भएको महसुस प्रदेशबासीले गर्नुभएको छ ।’

के-के छन् छन् उपलब्धि ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर