उपभोक्ता समितिको नगद लुटेको आरोपमा वडा अध्यक्ष विष्ट जेल चलान – Nepal Press

उपभोक्ता समितिको नगद लुटेको आरोपमा वडा अध्यक्ष विष्ट जेल चलान

सुर्खेत । जिल्ला अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा-३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले डाँका तथा चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

विष्टसँगै सुशील गुरुङ र बलिराज शाही पनि जेल चलान भएका छन् । अदालतले आरोपित पाँच जनामध्ये सन्तोष थापा र यामराज शाहीलाई भने दुईदुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न अनुमति दिएको छ ।

वडा अध्यक्षसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर