शिक्षा ऐनमा नसमेटेको भन्दै देशभरका राहतका शिक्षकलाई सडकमा उतार्दै महासंघ – Nepal Press

शिक्षा ऐनमा नसमेटेको भन्दै देशभरका राहतका शिक्षकलाई सडकमा उतार्दै महासंघ

काठमाडौं । सरकारले संसद्मा पेस गर्न लागेको शिक्षा विधेयकले राहतका शिक्षकहरुलाई बाइपास गर्न लागेको भन्दै नेपाल राहत शिक्षक महासंघले आन्दोलनमा उत्रने  भएकाे  छ ।

नयाँ शिक्षा ऐनमा आफूलाई नसमेटेकाको भन्दै महासंघले आन्दोलनमा उत्रने  भएकाे हाे ।  आन्दाेलनलाई सश‌ंक्त बनाउन आजै बैठक बसेर आन्दाेलनकाे घाेषणा गर्ने महासंघकाे तयारी छ । शिक्षा विधेयकको अहिले आलोचना र चौतर्फी विरोध भइरहेको छ ।

प्रदेशदेखि जिल्लाहरुमा कार्यरत शिक्षकहरु एकैसाथ आन्दोलनमा उत्रने नेपाल राहत शिक्षक महासंघका महासचिव कुमार बजगाई‌ंले बताए । १५ दिनसम्म आन्दोलनलाई निरन्तरता दिने उनले बताए ।

विगत २० वर्षदेखि निरन्तर शिक्षण पेशामा आबद्ध भएका शिक्षकहरुलाई अहिले सरकारले बेवास्ता गरेर खुल्ला प्रतिस्पर्धामा जनुपर्छ भन्नु कतिको न्यानोचित भएको भन्दै उनले प्रश्न गरेका छन् ।

बजगाई‌ंले भने, ‘एक लाख ५० हजार शिक्षहरुसहित सडकमा आउने तयारी छ । जनआन्दोलनको समयमा तीन तहको परिक्षासहित हामीलाई स्थायी गरेको थियो । अहिले २० वर्षपछि यसरी खुल्ला प्रतिस्पर्धामा जानुपर्छ भनेर सरकारले यसरी भन्न पाइन्छ? हामी भनेको पढाउनमा दक्ष भइसकेका हौं । नयाँ पुस्ताहरुको भविषयसँग खेलबाड गर्न पाइन्छ ? द्वन्ंद्वकालमा शैन्यमा प्रवेश गरेका मानिसहरु र कर्मचारीहरु सबै स्थायी भए । हामी लाइसेन्स भएकालाई बेवास्ता गर्न सक्छ ? हामी यसको विरोध गर्छौं । यस्तो ऐन हामीलाई स्वीकार्य छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *