लम्पी स्किनबाट मर्ने दुहुनो गाईको १० हजार र कोरली बाच्छीको ५ हजार राहत वडाबाटै दिने निर्णय – Nepal Press

लम्पी स्किनबाट मर्ने दुहुनो गाईको १० हजार र कोरली बाच्छीको ५ हजार राहत वडाबाटै दिने निर्णय

काठमाडौं । गाईवस्तुमा महामारीको रूप लिएको लम्पीस्किनको राहतका लागि धुलिखेल नगरपालिकामा वडा कार्यालयले केही निर्णय गरेको छ ।

आज वडा नम्बर २ का अध्यक्ष अर्जुन न्यौपानेको अध्यक्षतामा बसेको बैठकले लम्पी स्किनबाट मर्ने दुहुनो गाईको १० हजार र कोरली बाच्छीको ५ हजार राहतस्वरूप कृषकलाई दिने निर्णय गरेको हो ।

वडा कार्यालयको प्रकोप राहत कोषबाट उक्त रकम वितरण गर्ने वडाले निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *