एनसेलले गर्यो दुई महिनामा ४४ लाख बढीलाई बाढी जोखिमको पुर्वसूचना – Nepal Press

एनसेलले गर्यो दुई महिनामा ४४ लाख बढीलाई बाढी जोखिमको पुर्वसूचना

काठमाडौं । एनसेलले गत २ महिनामा ४४ लाखभन्दा बढी बाढीसँग सम्भावित जोखिमबारे एसएमएस मार्फत पूर्वसूचना प्रवाह गरेको छ ।

चालू आर्थिक वर्षमा एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एसएमएसमार्फत नारायणी, कंकाई, वागमती, बबई, राप्ती, कोशी, कर्णाली लगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरु रहेका क्षेत्रहरु ४४ लाख बढी पूर्वसूचना प्रवाह गरेको हो ।

एनसेलले २०७३ देखि नै पूर्वसूचना सहकार्य अन्तर्गत, विषेशगरी वर्षायाममा जोखिम सम्बन्धी पुर्वसूचना एसएमएस मार्फत प्रवाह गदै बताएको छ । पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई आ-आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिने गरेको एनसेलले जनाएको छ ।

त्यस्तै, विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ । पानीको सतह सामान्य अवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी त्यस क्षेत्रका मानिसले एसएमएस मार्फत पाउँछन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘नेपाली जनता र समुदायको सेवा गर्न एनसेल सधैं प्रतिबद्ध छ । हाम्रो प्राविधिक विशेषज्ञता र नेटवर्क पहुँचको सदुपयोग गर्दै समयमा नै बाढीको पूर्वसूचना प्रवाहमार्फत बाढी र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणको लागि सहयोग गर्न पाएकोमा हामी खुशी छाैं । एनसेल र विभागबीचको यो सहकार्य, सार्वजनिक-निजी साझेदारीमा कसरी जनसमुदायका लागि प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण बनेको छ ।’

यसरी प्रवाह गरिन्छ बाढी जोखिमबारे जानकारी

जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्रि स्टेसनहरुमार्फत नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ ।

जसअनुरुप एनसेलले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल उक्त सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस पठाउँछ । ११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो । यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिति र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, संभवत सबै घरधुरी जीएसएम मोबाइल सेवाको पहुँचभित्र रहेकाले एसएमएसमार्फत बाढीको जोखिम सम्बन्धी प्रवाह गरिने जानकारी पूर्वसूचना प्रणालीको प्रभावकारी माध्यम मध्ये एक बनेको भनाइ छ ।

जोखिम क्षेत्र भनेर पहिचान गरिएका क्षेत्रहरुभित्र रहेका जनसुदायबाहेक, राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्र जस्ता विपद् जोखिम न्यूनीकरण कार्यमा संलग्न संस्थाहरु पनि आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि एसएमएस अलर्ट पठाइने विभागले बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर